Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुकुचाबारे मुद्दाको सुनुवाइ जारी


    बुधबार, असोज २६ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै महानगरपालिकाविरुद्ध उच्च अदालतमा परेको मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र विमल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

    काठमाडौं महानगरपालिकाले टुकुचाखोलाको खोजीका क्रममा खोलामाथि रहेका संरचनामा डोजर चलाइएको थियो । महानगरले टुकुचामाथि पर्ने संरचनाहरू हटाउन सूचना समेत जारी गरेको थियो । त्यसपछि टुकुचामाथि पर्ने २१ घर तथा जग्गाधनीहरू महानगरविरुद्ध अदालत पुगेका हुन् ।

    आज बुधबारको सुनुवाइपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आदेश आउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार