Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपेन्द्र यादवले भने : रौतहटमा प्रभु साहले गरेको बदमासी एमालेको निर्णय होइन 


    बुधबार, असोज २६ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबीच केहि दिनआघि मिलाप् भएको छ। उक्त तालमेलको सम्बन्धलाई लिएर (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् ।

    एमाले-जसपाले तालमेल गरे पनि कतिपय जिल्लामा एमाले पक्षकै नेताले स्वतन्त्र उम्मेदवारी दिएको अवस्थामा के गर्नुहुन्छ भन्ने मूल प्रश्नमा यादवले तालमेल व्यवहारमै लागु गरेर देखाउने दाबी गरे। 

    ‘रौतहटमा उहाँ (प्रभु) ले व्यक्तिगत बदमासी गरेको देखिन्छ, त्यो एमाले पार्टीको निर्णय होइन,’ यादवले भने, ‘अन्त पनि कतै स्वतन्त्र उम्मेदवारी परेका होलान्, तर एमालेले जसपासँग तालमेल गरेका ठाउँमा हाम्रै निर्णय लागु हुन्छ ।’

    जनता समाजवादी पार्टीसँगको तालमेलमा असन्तुष्ट बनेका नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आगामी निर्वाचनका लागि रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार