Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुकुचामाथिका घरजग्गा भत्काएको भन्दै परेको रिटहरूमाथि आज सुनुवाई 


    बुधबार, असोज २६ २०७९
    750
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। गत ३० भदौमा काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका घरहरू तथा संरचना हटाउने अभियान शुरु गरेको थियो। तर महानगरपालिकाले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै महानगरपालिकाविरुद्ध उच्च अदालतमा मुद्दा दायर परेको थियो। उक्त परेको रिटहरूमाथि आज सुनुवाई हुँदैछ। । 

    न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा छ। 

    यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त उच्च अदालत पाटनले जय नेपाल हल, कमलादी क्षेत्रमा २६ असोजसम्मका लागि कुनै पनि संरचना नभत्काउन महानगरका नाममा आदेश जारी गरेपछि मात्र महानगरको डोजरमा ब्रेक लागेको हो।

    हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै असोज २ गते न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको थियो। 

    उक्त आदेश निरन्तरता दिने वा नदिने सम्बन्धमा आज दुवै पक्षबीच बहस हुनेछ। दुबै पक्षको बहस सकिएपछि अदालतले अर्को आदेश दिनेछ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार