Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चित्रबहादुर केसी भन्छन्- संविधान जोगाउन गठबन्धनले जीत्नुपर्छ


    मंगलबार, असोज २५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष  चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् । आउदो मंसिर ४मा हुने निर्वाचनमा बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले  गठबन्धनदलले जित्नुपर्नेमा जोड दिएका हुन् ।

     
    गठबन्धन दलद्वारा आज मंगलवार बागलुङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे । ‘अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो’, उनले भने, ‘राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार