काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन बैठकले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। गठबन्धनबीच सिट बाँडफाँट भएअनुसार नै चुनाव लड्ने निर्णय गर्दै यस्तो निर्देशन दिइएको हो।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उक्त निर्देशन दिइएको हो।
आजको बैठकमा देशका विभिन्न क्षेत्रमा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल भएको थियो।
मंगलबार गठबन्धन दलकका शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरुले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला। असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निस्कासन गरिनेछ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend