Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई भीम रावलको प्रश्न : ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदैछ ?


    मंगलबार, असोज २५ २०७९
    945
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि  कडा प्रश्न गरेका छन् । नेता रावलले सोमबार एक ट्वीटमार्फत् अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति यस्तो प्रश्न  गरेका हुन्। 

    जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

    साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।

    ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो’ रावलले ट्वीटमार्फत् प्रश्न गरेका छन्, ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’ भनेर दमदार प्रश्न गरेका छन्।

    Screenshot (266).png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार