काठमाडौं । प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।
बुधबार १० जना थपिएसँगै कोरोना संक्रमित प्रहरीको संख्या ८५ पुगेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले संक्रमितको उपचार जारी रहेको जानकारी दिए ।
अहिले संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने र उनीहरुलाई क्वारेटिनमा राख्ने लगायतका काम भैरहेको उनले बताए । यस्तै प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।