काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुँदै गरेको प्रतिनिधिसभाकाे निर्वाचनमा आफू सहभागी नहुने र अब आफू समाजसेवामा लाग्ने दाबी गरेका छन् ।
अघिल्लाे निर्वाचनमा दाङ क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष चुनावमार्फत निर्वाचित भएका उनले यसपालीकाे निर्वाचनमा आफू सहभागी नभएपनि आफ्नाे पार्टी माओवादी केन्द्रकाे कामसँगै समाजसेवा गर्ने बताएका हुन् ।
यसअघि दाङ- २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि माओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।
यसपालीकाे निर्वाचनमा उनकाे निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्माकाे उम्मेदवारी छ । पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेकी शर्मालाई जिताउन आह्वान गर्दै उनले आज एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ,‘दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि मैले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि सदैव नजिक रहेक काम गरेको छु, संसदीय भूमिका नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्ने छ । संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कमरेडहरु अगाडि आउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै २०७४ सालमा म निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजजयी गराउनु हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend