Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रम ओलीको सन्देश लिएर नेम्वाङ खुमलटारमा


    बिहिबार, साउन २२ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढ्दै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधीहरु फकाउने अभियानमा लागेका छन् । यही क्रममा आज बिहान संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रम ओलीको सन्देश लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    भेटमा नेम्वाङले विवाद समाधान हुनसक्ने बिन्दुको प्रस्ताव राखेको खुमलटार स्रोतले जनाएको छ । नेम्वाङ अहिले फर्किइसकेका छन् ।

    पछिल्लो समय प्रचण्ड र ओलीबीच कुराकानी भएपनि दुबै पक्षको अडानका कारण विवाद समाधान हुन सकेको छैन । 

    बुधबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले एककार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्दतिको भएको दावी गरेका थिए।

    दुई अध्यक्षबीच बुधबार साँझ बस्ने बैठक स्थगित भएको थियो। तर बुधबार नै प्रम ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार