काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढ्दै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधीहरु फकाउने अभियानमा लागेका छन् । यही क्रममा आज बिहान संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रम ओलीको सन्देश लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
भेटमा नेम्वाङले विवाद समाधान हुनसक्ने बिन्दुको प्रस्ताव राखेको खुमलटार स्रोतले जनाएको छ । नेम्वाङ अहिले फर्किइसकेका छन् ।
पछिल्लो समय प्रचण्ड र ओलीबीच कुराकानी भएपनि दुबै पक्षको अडानका कारण विवाद समाधान हुन सकेको छैन ।
बुधबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले एककार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्दतिको भएको दावी गरेका थिए।
दुई अध्यक्षबीच बुधबार साँझ बस्ने बैठक स्थगित भएको थियो। तर बुधबार नै प्रम ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend