Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उम्मेदवार नबनाएको बारे उचित समयमा बोल्छु :भीम रावल


    मंगलबार, असोज २५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका चर्चित नेता डा.भीम रावलले आफूले यो निर्वाचनमा टिकेट नपाएको बारे उचित समयमा बोल्ने बताएका छन् ।

    नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफूलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका हुन् ।
    उनले लेखेका छन्, ‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइँदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
    मलाई उम्मेदवार नबनाए पनि ठिक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।’

    नेता रावलको प्रदेशबाट एकल नाम पठाएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् ।

    यस विषयमा आफूले हालसम्म कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गरिएको प्रति रावलले कटाक्ष गरे ।

    rawal.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार