Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देही ५ मा बासुदेव घिमिरेले पाए एमालेको आधिकारिक उम्मेदवार


    सोमबार, असोज २४ २०७९
    505
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि बासुदेव घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका छन् । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो । 

    नेकपा एमालेले एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

    एउटै पार्टीका दुईजनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले बताए। 

    घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार