Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले टिकट नदिएपछि करिश्माले लेखिन्- म जनताको मात्र मान्छे हुँ 


    सोमबार, असोज २४ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले फेसबुक पोस्ट यस्तो समयमा गरेकी छन् जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर छ्याप -छ्याप आइरहेका छन् । 

    करिश्माको उक्त पोस्टमा अर्की अभिनेत्री सञ्चिता लुइँटेलले भने लभ रियाक्ट गरेकी छन् । अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भसँग करिश्माको स्टाटसलाई जोडेका छन् ।

    करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । 

    यस्तै, करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरिएको थियो ।

    मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’

    एमालेले टिकट वितरणमा कन्जुसाई गरेको भन्ने कुरा करिश्माको असन्तुष्टिले बुझ्न सकिन्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार