Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयोगले झन्डै १०० जना उम्मेदवारबाट असुल्यो ३ करोड भन्दाबढी जरिवाना


    सोमबार, असोज २४ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गत स्थानीय तह चुनावमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाइ जरिवानामा परेकाहरुले फेरी आगामी चुनावका लागि उम्मेदवार बन्न जरिवाना बुझाएका छन् । निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाइ जरिवानामा परेका झन्डै सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

    जरिवाना नबुझाइ उम्मेदवार हुन नपाउने व्यवस्था अनुसार अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि उम्मेदवार बनेका ति उम्मेदवारहरूले विभिन्न निर्वाचन कार्यालय मार्फत जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए। 

    जरिवानामा परेका उम्मेदवारले जरिवाना नतिरी उम्मेदवारी दर्ता गरेको भए रद्ध हुने पौड्यालले बताए ।

    आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार  भई समयमा निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई जरिवाना गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार