Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा प्रतिनिधिसभा अन्तर्गत ३ सिटका लागि ५८ जना उमेदवार


    सोमबार, असोज २४ २०७९
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी मंसिर ४ मा हुँदै गरेको निर्वाचनका लागि चितवनमा प्रतिनिधिसभा सदस्यमा ३ सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ ।

    एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाैजनाको उम्मेदवारी परेको छ ।

    चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

    प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उनले बताए ।

    यस्तै, क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन्रा भने राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उमेदवारी दिएकी छन् । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नाै जनाको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार