Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल


    सोमबार, असोज २४ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज हिला क्रिकेटमा दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा आईतवारबाट शुरु भएको यस प्रतियोगितामा आज समूह ’बी’ का दुई खेलहरु हुन लागेका हुन् । पहिलो खेलमा आज कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

    दोस्रो खेलमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  समूह ’ए’ मा एपीएफ क्लव, मधेस प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र वागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लव, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार