Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने


    सोमबार, असोज २४ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने जनाएको छ ।

    आयोगले   आज १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन समय तोकिएको जनाएको छ  ।

    त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । त्यस्तै उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार