Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छौँः महेश बस्नेत


    आइतबार, असोज २३ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । 
    बस्नेतले  आज आइतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् । बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिएका हुन् । अघिल्लो निर्वाचनमा पनि विजयी बनेका नेता बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन बिरुद्ध प्रतिष्पर्धामा छन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए । उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताए । 
     हामीले भक्तपुरको विकासको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ । गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भएको छ । नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धी काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’
    नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार