Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एक हप्ताअघि प्रधानमन्त्री र गृहमन्त्री भेटेका प्रदेश मन्त्रीलाई कोरोना संक्रमण


    बिहिबार, साउन २२ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट बुधबार नै आएको थियो । 

    सो रिपोर्ट अनुसार उनलाई कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ । 

    मन्त्री यादव झण्डै एक हप्ताअघि काठमााडौंमा आइ प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतसँग उच्चस्तरीय भेटघाट गरेर फर्किएका थिए।

    बुधबार मात्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै आठ जना कर्मचारी संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको थियो।

    कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार