Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उम्मेदवारी दर्ता गर्न गोरखा पुगे प्रचण्ड (फोटो फिचर)


    आइतबार, असोज २३ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा आइपुगेका छन् । आगामी ४ मंसिरमा हुँदै गएको प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न प्रचण्ड गोरखा आइपुगेका हुन् । 

    उम्मेदवारी दर्ता गर्न प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथमा गएका छन् ।

    ०७४ को निर्वाचनमा प्रचण्ड चितवन ३ बाट जितेका थिए । तर,अहिले चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

    310704051_635852644571802_4002940567224562402_n.jpg
    undefined

     

    310254881_635852567905143_4327340689846343061_n.jpg
    undefined
    310256988_635853714571695_7324443444438187252_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार