Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाका ४ सिटमा माओवादीका महिला उम्मेदवार उठ्ने


    आइतबार, असोज २३ २०७९
    760
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको थियो ।

    ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् भने काठमाडौं-२ को टिकट पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीले पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी  पम्फा भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । 

    त्यस्तै काठमाडौं–७ मा मानुषी यमी भट्टराईले माओवादीका तर्फबाट टिकट पाएकी छिन् । काठमाडौं–९ मा माओवादीकी कल्पना धमलाले टिकट पाएकी छिन् । भक्तपुर-१ मा भने सुरेश न्यौपानेले टिकट पाएका छन् ।

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार