Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विराटनगरका थप १३ जनामा कोराना, संक्रमितको संख्या १८२ पुग्यो


    बिहिबार, साउन २२ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय तीव्र रुपमा संक्रमण फैलिएको विराटनगरमा अहिलेसम्म १ सय ८२ जनामा संक्रमण देखिइसकेको छ ।

    विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोसी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । उनीहरू सबैको बुधबार अबेर रिपोर्ट आएको हो । 

    संक्रमितहरू ८ पुरुष र ५ महिला छन् । महानगरले विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण पुगेको भन्दै पुनः लकडाउन घोषणा गरेको छ । कोरोनाबाट विराटनगर वडा ५ र ९ का दुईजना पुरुषको मृत्यु भइसकेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार