Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँट आज टुंग्याउँदै 


    शनिबार, असोज २२ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल  फोटो

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट अन्तर्गत प्रदेश सभातर्फको सिट बाँडफाँट आज  टुंग्याइँदैछ ।

    प्रतिनिधिसभा सिट बाँडफाँट टुंग्याएको गठबन्धनले प्रदेश सभाको बाँकी छलफल शनिवार गर्ने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।
    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ ।

    जसपा गठबन्धनबाट बाहिरिएपछि दुई ठूला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार