Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  बाबुरामले गरे प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा


    सोमबार, असोज १७ २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । 

    यसअघि डा. भट्टराईले नेकपा मा‌ओवादी केन्द्रकाे चुनाव चिह्न (हसिया हथाैँडा)मा गाेर्खा-२ बाट आगामी प्रतिनिधि सभा निर्वाचन (चुनाव ) लड्ने निर्णय गरेका थिए ।

    २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् ।

    यद्यपि, उनीबाहेक नेसपाका अन्य नेताहरू हसिया हथाैँडाबाटै आगामी चुनाव लड्नेछन् ।


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार