Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेसको समानुपातिक सूचीबाट प्रधानमन्त्री र गृहमन्त्री पत्नीको नाम पछि सारियो


    आइतबार, असोज १६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सूमानुपातिक तर्फको बन्द सुचीबाट प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम पछि सारिएको छ ।

    समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको काँग्रेसका एक नेताले जानकारी दिए। 

    सार्वजनिक सूचिअनुसार कांग्रेसले महिला तर्फको समानुपातिकमा पहिलो नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र दोस्रो नम्बरमा गृहमन्त्री पत्नी मन्जु खाँडको नाम रहेको थियो एवं आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो ।

    निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने आज अन्तिम दिन हो ।

    कुनै पनि उम्मेदवारले सूचीमा रहेका आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार