Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यले राजीनामा दिए


    शुक्रबार, असोज १४ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन्।  

    उक्त पार्टीका केन्द्रीय सदस्य लक्ष्मण सिटौला र हरिकृष्ण श्रेष्ठले साधारण सदस्य पनि नरहने गरी संयुक्त रूपमा राजीनामा दिएका हुन् ।

    राजीनामासँगै नेताद्वय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन् । नेता सिटौलाले शुक्रबार औपचारिकरूपमा राप्रपा प्रवेश गर्न लागेको जानकारी दिए ।

    विवेकशील साझा पार्टी छाडेका नेता रवीन्द्र मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरूले बुधबार राप्रपामा प्रवेश गरेका थिए। 

    यस्तै,बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको थियो।  ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार