Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  आफनै पार्टीभित्र विद्रोह र आन्दोलन गर्नुपर्ने बेला आएको छ: गगन थापा


    शुक्रबार, असोज १४ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह र आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन्। आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यस समय ठूलो शुद्धीकरणको अभियान समेत चलाउनुपर्ने बेला आएको दाबी गरेका हुन् । 

    समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुयाउनुपर्ने बेला आएको छ ।, नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुनेभयो ।  केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार