Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने- गठबन्धनकै कारण देश भयावह अवस्थामा पुग्यो 


    बिहिबार, असोज १३ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कै कारण मुलुक (देश) भयावह अवस्थामा पुगेको बताएका छन् । 

    अध्यक्ष ओलीले गठबन्धनका कारण देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको र मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको समेत बताएका हुन् ।

    उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे । ओलीले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार