काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजो बुधवार सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।लघुवित्तले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।समाज लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको बराबरको आईपीओ जारी गरेपछि चुक्ता पूँजी २ करोड पुग्नेछ । आईपीओ स्किाशन पश्चात कम्पनीमा संस्थापको ५७ प्रतिशत तथा सर्वसाधारणको ४३ प्रतिशत शेयर स्वामित्व रहनेछ ।