Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक उम्मेदवार सूची संशोधन गर्न कांग्रेसका नेताहरू बालुवाटारमा


    बिहिबार, असोज १३ २०७९
    765
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्। समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने विषयमा छलफल गर्न आज बिहान १० बजेदेखि देउवासहित पार्टीका शीर्ष नेताहरू बालुवाटारमा जुटेका हुन्।

    असोज ३ मा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर कांग्रेसभित्रै विरोध र असहमति आएपछि संशोधन गर्न लागिएको छ।

    कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न सभापति शेरबहादुर देउवा सहमत भएकोले तीन दिनदेखि यो विषयमा छलफल भइरहेको छ।

    निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने भए असोज १६ भित्र संशोधन गर्न दलहरूलाई भनेको छ।

    कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकटहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको र समान न्याय नगरेको आरोप लगाउँदै धर्नालगायत विरोध कार्यक्रम गरेका थिए।

    प्रतिनिधि सभातर्फ ११० जनाको नाम बन्दसूचीमा राख्दा कोइराला पक्षका १४ जनालाई मात्रै राखिएको थियो। यी नाम पनि पछि समानुपातिक सांसद हुन नपाउने गरी तलतल राखिएपछि कोइराला–थापा पक्षका नेताहरू असन्तुष्ट थिए।

    आज कोइराला–थापा पक्षका केही नेताहरूको नाम समावेश गरेर समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने तयारी रहेको भइरहेको छ ।

    असोज ३ मा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर कांग्रेसभित्रै विरोध आएपछि संशोधन गर्न लागिएको छ।

    कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न सभापति शेरबहादुर देउवा सहमत भएकोले तीन दिनदेखि यो विषयमा छलफल भइरहेको छ।

    निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने भए असोज १६ भित्र संशोधन गर्न दलहरूलाई भनेको छ।

    कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकटहरूले समानुपातिक उम्मेदवार तय गर्दा सभापति देउवा पक्षले एकलौटी गरेको आरोप लगाउँदै धर्नालगायत कार्यक्रम गरेका थिए।

    यस्तै,आज बिहिबार कोइराला–थापा पक्षका केही नेताहरूको नाम समावेश गरेर समानुपातिक उम्मेदवार सूची संशोधन गर्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार