Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अहिले सहमति नै भएको छैन,आज बस्ने गठबन्धन बैठकले भागबण्डा टुंग्याउँछ : जसपा


    बिहिबार, असोज १३ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज फेरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। 

    सत्ता गठबन्धन दलहरुमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर शुन्नामा आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी नै रहेको बताए।

    गठबन्धनको बैठकमा सहभागी जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ ।’ धेरै सिटमा सहमति भइसके पनि केही सिटमा दोहोरो, तेहरो दावी रहेको कारण सहमति हुन नसकेको उनले बताएका छन्। 

    आज बस्ने बैठकले त्यसलाई पनि टुंगो लगाउने उनले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार