Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता


    बुधबार, असोज १२ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ। विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता घोषणा भएको छ ।

    विवेकशील साझा पार्टी छाडेका मिश्र र उनीनिकट विवेकशील साझामा रहेका केही नेताहरू बुधबार राप्रपामा प्रवेश गरेका हुन् । 

    बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार