Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज असोज १२ गते बुधबारको राशिफल


    बुधबार, असोज १२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउने छ । खानपिनमा सचेत रहनुहोला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पनि पाइनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा संगीतमा रुचि बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सानातिना समस्यामा अल्झनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्ने छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज आफन्तजन सँग मनमुटाब बढ्ने छ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

     

    हाम्रो पात्रोबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार