काठमाडौं । कोरोना संक्रमणको कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाहीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
निमोनिया भएको उनलाई मनमोहन अस्पतालबाट साउन १६ गते सशस्त्र प्रहरी अस्पतालमा ट्रान्सफर गरिएको थियो ।
उनीमा संक्रामक रोग स्क्रब टाइफस समेत देखिएको बताइएको छ । योसँगै नेपाल कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।