Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्दै 


    मंगलबार, असोज ११ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्र भोलि बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्।

    राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। 

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए।

    ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने, ‘राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधबार दिउँसो १२:३० मा कार्यक्रम हुनेछ।’

    उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार