Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रचण्डले भने– ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु


    सोमबार, असोज १० २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर चितवनवासी कोसुख दुःखमा साथ दिन फेरी फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको बताए । 

     प्रचण्डले भने, यो दोस्रो स्थानीय चुनाव पुरा भई प्रदेश र संघको चुनाव हुने क्रममा ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु ।’ आफ्नो बाको नाममा भएको जग्गामा घर बनाएको प्रचण्डले बताए ।  

    ‘मैले शिवनगरमा एउटा सानो घर बनाएको छु । बा बितेपछि बाको नाममा भएको जग्गा मैले केही प्राप्त गरे । त्यहाँ मैले एउटा सानो घर बनाएको छु । आज म त्यो घरभित्र छिरे’ उनले भने, ‘अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छु । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार