Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नै नयाँ घरमा सरे प्रचण्ड


    सोमबार, असोज १० २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। 

    अध्यक्ष प्रचण्ड बडा दशैँको आज सोमबार पहिलो दिन अर्थात् घटस्थापनाको दिन पारेर भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आज आफ्नै घरमा सरेको स्रोतले जनाएको छ। 

    गत शनिवार काठमाडौंबाट प्रचण्डले बिरामी रहेकी पत्नी सीतालाई समेत लिएर आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका हुन् । 

    प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार