Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठमेलमा कोइराला पक्षको बैठक, देउवाविरुद्ध दबाब बढाइँदै


    सोमबार, असोज १० २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सोमबार विहान ठमेलको होटल यात्रीमा पूर्व सांसद जगदीश्वरनरसिंह केसीको समन्वयमा नेपाली कांग्रेसको शेखर कोइराला समूहका शीर्ष नेता बाहेकको बैठक बसिरहेको छ । 

    संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई बेवास्ताको भन्दै सच्याउन कोइराला पक्षको माग गर्दै आगामी १६ गतेभित्र बन्दसूची नसच्याए विद्रोह गर्ने कोइराला पक्षको चेतावनी छ । पार्टी नेतृत्वले आफ्नो माग सम्बोधन नगरे गठबन्धनलाई असहयोग गर्ने कोइराला पक्षको भनाइ छ ।

    समानुपातिक सूची बनाउँदा अगाडिको नाम पछाडि सार्ने, गुटसमेत नहेरी आफ्ना पकेटका मान्छेको नाम राखेर कांग्रेसमा लगानी गरेका कार्यकर्ताको नाम हटाउने काम भएको कोइराला पक्षको आरोप छ । नेतृत्वबाट आगामी निर्वाचनमा न्यायोचित व्यवहार नगरिए अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने कोइराला पक्षले बताउँदै आएको छ ।

    साथै आफूहरुले ४० प्रतिशत टिकट नपाए देउवा पक्ष नै एक्लै चुनाव लड्न नेताहरुले चेतावनी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार