काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया -९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज -५ का ४६ वर्षिय पुरुष रहेका छन्। १८ वर्षियाा किशोरी साउन १९ गते झाडापाखालाबाट ग्रस्त भई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए।
यस्तै वीरगञ्ज -५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो।