Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारमाथि शेखर कोइरालाको आरोप- जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको छ 


    आइतबार, असोज ९ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। । गृहजिल्ला मोरङमा पुगेका नेपाली कांग्रेसका वरिष्ट नेता डा. शेखर कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भइसकेको बताएका छन्। उनले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै  महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर ठुलो गल्ती गरेको आरोप लगाएका हुन् ।

     नेता कोइरालाले महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताए ।

    नेता कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार