Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चले दियो सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाउ आदेश 


    आइतबार, असोज ९ २०७९
    875
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालबार कारण देखाउ आदेश दिएको छ ।

    आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख र उपसभामुखको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

    अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराई, जगन्नाथ दुलाल लगायतले सभामुख र उपसभामुखक पनि पद खाली गर्न परमादेश जारी गर्न माग गर्दै रिट दर्ता गराएका थिए। यस्तै असोज १ गतेबाट सांसदको कार्यकाल सकिएको र समानुपातिकको बन्द सूची बुझाएसँगै सांसदको कार्यकाल सकिएको दाबी गर्दै दुलालसहितका चार अधिवक्ताले रिट दर्ता गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार