Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिविरुद्ध रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा


    आइतबार, असोज ९ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपति विद्यादेव भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आजै आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश हरि फुँयालको इजलासमा रिटको सुनुवाई हुदैछ ।

    अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गरेका थिए। 

    न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । 

    दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वाेच्च अदालतमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् । 

    विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो ।  

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार