Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन, देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले नै दिने हो: प्रचण्ड 


    शनिबार, असोज ८ २०७९
    555
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

    प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

    प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन । यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’, प्रचण्डले भने, ‘उनीहरु (प्रचण्ड र बाबुराम) एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ यग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’

    ‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेकाछौं । बढी भए एक दशक’ उनले भने, ‘एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार