काठमाडौं । बुधबार देशभर ३ सय ८१ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा ६ हजार ३ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ। काठमाडौं उपत्यकामा आज पनि ६२ जना संक्रमित भेटिएका छन् । मंगलबार पनि काठमाडौंमा ६२ जना नै संक्रमित थिए ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार १ सय ५६ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ ।
यस्तै आजसम्म कुल ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।
बुधबार पर्साकी एक १८ वर्षीय युवती र सोही जिल्लाका एक ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म संक्रमणबाट ६० जनाको मृत्यु भइसकेको छ।