काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शिर्ष नेताहरुले नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने बताएका छन्।
दुवै सदनबाट पारित भएर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको (लोसपा) ले चुनावी तालमेल भने एमालेसँगै गर्ने प्रयास गरेको छ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।
‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन्। यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो,’ महतोले भने, ‘यो प्रकरण चुनावसँग जोडिदैन। हामी तालमलेका लागि सबैसँग खुला छौ। चुनावी तालमेल भनेको भोटको लेनदेन हो।’
उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने र सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिदै गएको उनले बताए।
‘सत्ता गठबन्धनको आफैंभित्र मारामार छ। हामी कहिलेसम्म कुरेर बस्ने? चुनावी तालमेलका लागि एमालेसँग प्रयास भइरहेको छ,’ उनले भने, ‘कांग्रेस र माओवादीको एजेण्डा नमिलेजस्तै हामी र एमालेको नमिल्न सक्छ।
‘
लोसपाका अर्का कार्यकारिणी सदस्यल केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend