Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने- जानी-बुझी रक्षकबाटै संविधान मिच्ने काम भइरहेको छ  


    शुक्रबार, असोज ७ २०७९
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाट नै जानी बुझी संविधान मिच्ने काम भएको आपत्ति जनाएका  छन् । काठमाडौंमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) काे तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भएको टिप्पणी गरेका हुन्। 

    ‘मैले मूर्तरूपमा भन्दै छु । अहिले संविधान खुलेयाम मिच्ने काम भयो । संविधानको पालक र  रक्षकबाट नै  जानी बुझी मिचियो । नजानेर वा झुक्किएर होइन ।   जानी बुझी संविधान मिच्ने काम भएको छ ’ प्रचण्डले भने, ‘यो सामान्य होइन । यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धि, लाखौँ लाख किसानहरू उत्पीडित समुदायको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने, अपहरण गर्ने षडयन्त्रकै एउटै कडी हो ।’ 

    प्रचण्डले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौं भने हामीले आफूभित्रको एकतालाई कमजोर हुन दियौं । हामीले आम किसान मजदुर, सम्पूर्ण उत्पीडित वर्ग समुदायलाई आन्दोलित गरी राख्ने जागरुक गरी राख्ने संगठित गरी राख्ने अभियान राक्यौं भने जुनसुकै बेला प्रतिगमन हुने खतरा छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार