Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीकी पत्नीले नक्कली प्रमाणपत्र बुझाएको भन्दै पत्नीविरुद्ध मुद्दा दर्ता 


    शुक्रबार, असोज ७ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

    सोडारी धनगढी उपमहानगरपालिकाको वडा नं ९ स्थित शिव माध्यमिक विद्यालय देवरिया कैलालीमा अध्यापन गर्दै आएकी छन् । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई यही असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    आरोपित सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घबहादुर सोडारीकी पत्नीसमेत रहेकी छन् ।

    सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्‍याउने काम गरेको पनि अख्तियारले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार