Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा


    शुक्रबार, असोज ७ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । 

    संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा बाँडिएका बेला जसपाले आन्दोलनको घोषणा गरेको हो । 

    नागरिकता विधेयक पारित नगरिँदा मधेशका लाखौँ जनता  नागरिकताबाट वञ्चित हुनुपरेको र आफु नेपाली भएको अस्तित्त्व नरहेको भन्दै जसपा आन्दोलनमा उत्रिएको हो । 

     ११ असोजमा जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै प्रदर्शन गर्ने, १३ असोजमा पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६ र १७ असोजमा पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनका कार्यक्रम रहेको जसपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार