Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा प्रवेश गरे जसपाका नेता श्रीपाइली  


    शुक्रबार, असोज ७ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइलीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबार पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् । 

    अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीको करिब तीनदशकको राजनीतिक जीवन रहेको छ । उनी सल्यान जिल्लाका स्थायी बासिन्दा हुन् । 

    देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निस्वार्थ श्रीपाइलीले एमालेमा प्रवेश गरेको बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार