काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। अहिलेसम्म तीन सवारी चालकमा कोरोना पुष्टि भएको स्रोतले बताएको छ ।
सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। बुधबार ६० जनाको रिपोर्ट आएको छ। तीमध्ये तीन जनामा कोरोना पोजिटिभ देखिएको हो।
पछिल्लो समय सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिइरहेको छ ।
काठमाडौंमा नै व्यापक रुपमा संक्रमण देखिएपछि विभिन्न कार्यालयबाट नमूना परीक्षण गरिएको हो । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।