Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुद शुरु हुन २० दिन मात्र


    शुक्रबार, असोज ७ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद शुरु हुन २० दिन मात्र बाँकी रहेको छ । २० दिन मात्र बाँकी रहेको खेलकुदको लागि    पर्यटकीय सुन्दर नगरी पोखरामा तयारी तीव्ररूपमा अघि बढेको छ । नवौं राष्ट्रिय खेलकुद  यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ ।

    प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए । उनले भने, ‘हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूतरूपमा पूर्णता दिने, कहीँकतै कमी(कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।’
    प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ(आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ । राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिकरूपमा अनुरोध गर्नेछ ।
    यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पुर्‍याएर देखाउने काम भइरहेको छ । उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिकीकरण गरेका थिए ।
    सचिव डा। रेग्मी भन्छन्, ‘खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक संख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।’खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको संख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेलउत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ । पहिलो पटक प्रदेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् ।

    प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० को टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो । यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ ।

    प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्‍याउनेछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिए ।

    नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार